एनआरसी र सीएए-को विरोधमा पेदोङदेखि कालेबुङसम्म पैदल यात्रा

पेदोङ: एनआरसी अनि सीएए-को विरोधमा गोर्खा जनमुक्ति मोर्चा विनय खेमाले विभिन्न ठाउँहरूमा लगातार विरोध प्रदर्शन तथा ऱ्यालीहरूको आय़ोजना गर्दै आइरहेको छ। यसै क्रममा गोर्खा जनमुक्ति युवा मोर्चा कालेबुङ जिल्ला समितिको आयोजनामा आज पेदोङदेखि कालेबुङ मेला ग्राउण्डसम्मको लगभग 21 किलोमिटर लामो पैदल यात्रा निकालिइयो। तेस्रो चरणको उक्त पैदल यात्राको नेतृत्व गोजमुमो केन्द्रीय अध्यक्ष विनय तामाङले गरेका थिए भने यस अवसरमा कालेबुङ जिल्ला स्तरीय गोजमुमोका नेतृत्वगण एवम् हजारौंका सङ्ख्यामा पार्टी समर्थकहरूको उपस्थिति रहेको थियो।


उक्त पैदल यात्रा अवधि एनआरसी अनि सीएए लगायत भाजपाको विरोधमा व्यापक नाराबाजी गरे। स्मरण रहोस, आगामी 21 जनवरीको दिनमा गोजमुमो विनय खेमाले तृणमूल नेत्री तथा मुख्यमन्त्री ममता ब्यानर्जीको उपस्थितिमा दार्जिलिङमा पनि एनआरसी अनि सीएए-को विरोधमा चार किलोमिटर पैदल यात्रा निकालिइने भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *