नुहाउन गएका 16 वर्षीय सागर पोखरीमा डुबेर निखोज

राजगञ्ज : सिलगढीको डाबग्राम निवासी 16 वर्षीय सागर गोस्वामी नुहाउन गएको समय पोखरीमा डुबेर निखोज भएका छन्। पारिवारिक सूत्रले दिएको जानकारी अनुसार हिजो साँझ 3 भाई बिन्नागढी ग्राम पञ्चायतको फाराबारी जङ्गलमा घुम्न गएका थिए भने त्यहाँ तिनीहरू नुहाउनको लागि पोखरीमा जाँदा डुबेको बताइएको छ। यस सम्बन्धमा बापी गोस्वामी नामक एकजना आफन्ताले बताएअनुसार घटनाको खबर पाएपछि आफूहरू घटनास्थलमा पुगे। पोखरीमा पानी गहिरो रहेको साथै साँझ परेकोले गर्दा केही समयसम्म सागरको खोजी गरे तापनि कुनै पत्तो नलागेको बताइएको छ। घटनाको जानकारी पाएर आमबारी आउटपोस्ट पुलिस घटनास्थलमा पुगेर घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *