नुहाउन गएका 9 वर्षीय बालक नदीमा डुबेर निखोज, खोजी कार्य जारी

सिलगढी : साथीहरूसित नदीमा नुहाउन गएका 9 वर्षीय बालक नदीमा डुबेर निखोज भएका छन्। घटनाको खबर पाएर एनडीआरएफ र डिजास्टर म्यानेजमेन्टको टोलीले उक्त बालकको खोजी शुरू गरेको छ। प्राप्त जानकारी अनुसार मतिगढा 2 नम्बर ग्राम पञ्चायत अन्तर्गत बिटी रनदीप कोलनी निवासी 9 वर्षीय रोहित दास आफ्ना 3 जना साथीहरूसित महानन्दा नदीमा नुहाउन गएका थिए भने नुहाइरहेको समय नदीमा डुबेर तिनी निखोज भएको बताइएको छ। एनडीआरएफका अधिकारीहरूले बताएअनुसार मतिगढा थानाबाट बालक नदीमा डुबेर निखोज भएको खबर दिएपछि तुरन्तै घटनास्थलमा पुगेर बोट तथा गोताखोरको सहायतामा बालकको खोजी शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *