नुहाउन गएका किशोर टिस्टा क्यानलमा डुबेर निखोज

राजगञ्ज : फुलबारी टिस्टा क्यानलमा नुहाउन गएका एकजना किशोर क्यानलमा डुबेपछि निखोज भएका छन्। उक्त घटना आज दिउँसो फुलबारी आमबारी नावापाडा मोड संलग्न टिस्टा क्यानलमा घटेको हो। निखोज किशोर सिलगढी संलग्न एकटीयासाल इलाका निवासी रबी बर्मनको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार आज दिउँसो 4 जना साथी साइकलमा सवार भएर फुलबारी टिस्टा क्यानलमा नुहाउन गएका थिए भने क्यानलमा नुहाइरहेको समय रबी बर्मन डुबेर निखोज भएको बताइएको छ। घटनाबारे पुलिसलाई खबर दिएपछि जलपाईगढी थाना पुलिस घटनास्थलमा पुगेर किशोरको खोजी शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *