नम्बरविहीन चल्ने टोटोविरुद्ध सिलगढीमा पुलिसको अभियान शुरू

सिलगढी : सिलगढीमा नम्बर नभएको टोटो चलाचल बन्द गर्ने पूर्व घोषित कार्यक्रम अनुसार पुलिसले आज नयाँ वर्षदेखि अभियान शुरू गरेको छ। सिलगढी सहरको प्रमुख सडकहरूमा आजदेखि नम्बरविहीन टोटोहरूको चलाचलमा पूर्ण रूपले प्रतिबन्ध लगाएको छ। राज्यका पर्यटन मन्त्री गौतम देवले एउटा पत्रकार सम्मेलनको माध्यमद्वारा गत दिसम्बर महिनामा नै नयाँ वर्षको पहिलो दिन 1 जनवरीदेखि नम्बर विहीन टोटोहरू सिलगढी सहरको मुख्य सडकमा चल्न नपाउने घोषणा गरेका थिए। यसको साथै यस विषयलाई लिएर पुलिसको तर्फबाट पनि माइकिङ गरेर जागरूक गराइएको थियो। यसैले आज बिहानैदेखि सिलगढीको एयरभ्यु मोड, सेभोक मोड, हिलकार्ड रोडमा नम्बर विहीन टोटोहरूको चलाचल रोक्नको लागि पुलिसले अभियान चलाएर धेरैवटा टोटोहरू आफ्नो नियन्त्रणमा लिएको छ। यसको साथै भोलि सहरको अन्य मुख्य सडकहरूमा यस प्रकारको अभियान चलाइने ट्राफिक पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *