नम्बरविहीन टोटो विरुद्ध जलपाईमोड ट्राफिक पुलिसको अभियान, केही टोटोहरू जफत

सिलगढी : जलपाईमोड ट्राफिक पुलिसले नम्बरविहीन टोटोविरुद्ध अभियान शुरू गरेको छ। सिलगढी सहरको मुख्य सडकहरूमा टोटोको चलाचल बन्द गर्नेबारे प्रशासनले निषेधाज्ञा जारी गरे तापनि सहरको मुख्य सडकमा निर्धक्क रूपमा नम्बरविहीन टोटोहरू चलाइरहेको छ। यसैले आज बिहानैदेखि जलपाईमोड ट्राफिक पुलिसले नम्बरविहीन टोटोविरुद्ध अभियान चलाएर धेरैवटा नम्बरविहीन टोटोहरू जफत गरेको छ। यसको साथै टोटो चालकविरुद्ध कानुनी कार्वाही गरिने बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *