नम्बरविहीन टोटोविरुद्ध पुलिसको अभियान, धेरैवटा टोटो जफत

सिलगढी (निसं): ट्राफिक पुलिसले फेरि नम्बरविहीन टोटोविरुद्ध अभियान चलाएर धेरैवटा टोटो जफत गरेको छ। सिलगढी सहरको मुख्य सड़कहरूमा नम्बरविहीन टोटोको आवाजाहीमा रोक लगाइएको छ। तर प्रशासनको निर्देशको पर्वाह नगरी सहरको मुख्य सड़कहरूमा टोटोको चलाचल जारी छ। पुलिस प्रशासनद्वारा समय-समयमा कठोर कदम उठाए तापनि सहरको सड़कहरूमा अनगन्ती नम्बरविहीन टोटोको चलाचल भइरहेको छ। यसैले सिलगढी मेट्रोपोलिटन पुलिसको ट्राफिक विभागले आज एकपल्ट फेरि अभियान चलायो। यस अभियान अवधि सिलगढीको हाशमी चौकबाट धेरै संख्यामा नम्बरविहीन टोटो जफत गरेको छ। अर्कोतिर, टोटो चालकहरूको भनाइ अनुसार नियम अनुसार तिनीहरूले टोटो चलाइरहेका छन्। तर पुलिसले कुनै कारण बिनै तिनीहरूलाई दिग्दारी दिइरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *