न्यूनतम मजदुरी अधिनियम अनुसार विद्युत कर्मचारीहरूले बढोत्तरी रकम पाउने

दार्जिलिङ: आफुहरुले पाउनुपर्ने हक तथा अधिकारसँगै सरकारद्वारा जारी गरिएको न्यूनतम मजदुरी अधिनियम अनुसार बढोत्तरी रकम अब पहाडभरिका विभिन्न पावर स्टेशनमा अस्थायी रूपमा कार्यरत कर्मचारीहरुले पाउने भएका छन। लोधोमामा सम्बन्धित कम्पनी तथा दार्जिलिङ जिल्ला जलविद्युत कर्मचारी संगठनका प्रतिनिधिहरु माझ बसेको सभापछि उक्त सहमति भएको कर्मचारीको पक्षबाट संगठनको सभापति मधुकर प्रधान तथा सचिव राजु छेत्रीले बताएका छन्। आफुहरूकै दवाउको कारण यस्तो भएको बताउँदै यस पहलको निम्ति सम्बन्धित कम्पनी तथा एजेन्सीलाई तिनीहरूले आभार प्रकट गरेका छन। अर्कोतिर, आफुहरुले सकेसम्म सहयोग गर्न तयार भएको एजेन्सीको पक्षबाट दिपक छेत्रीले बताएका छन। स्मरण रहोस्, सरकारले निर्धारण गरेको न्यूनतम मजदुरी अधिनियम अनुसार रकम नपाएपछि कर्मचारीहरू आन्दोलित बनेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *