नर्स एड्रिना लेप्चा कालेबुङ जिल्ला अस्पतालमा सरुवा, मुख्यमन्त्री र जिल्लापाललाई विधायकले दिए धन्यवाद

कालेबुङ: कुचबिहारको अस्पतालमा कार्यरत कालेबुङकी छोरी सिस्टर एड्रीना लेप्चासँग गत केही दिन अघि भएको दुर्व्यवहारको घटना प्रकाशमा आएपछि कालेबुङका विधायक रुदेन लेप्चाले तिनको सुरक्षा हुनुपर्ने साथै दोषीलाई यथाशीघ्र पक्राउ गर्नुपर्ने माग गरेका थिए। यसको साथै तिनलाई यथाशीघ्र स्थान्तरण गरिनुपर्ने मागमा कालेबुङ जिल्लापाल र मुख्यमन्त्री ममता ब्यानर्जीलाई विधायक रूदेन लेप्चाले पत्रचार गरेका थिए । यसैले कालेबुङका विधायकको पहल अनुसार कालेबुङकी सिस्टर एड्रीना लेप्चाको सुरक्षालाई ध्यानमा राख्दै स्वास्थ्य विभागले तिनको स्थानन्तरण कालेबुङ जिल्ला अस्पतालमा नै गरिदिएको जानकारी प्राप्त भएको छ। विधायक रुदेन लेप्चाले उक्त पहलको लागि राज्यका मुख्यमन्त्री ममता ब्यानर्जी,स्वास्थ्य विभाग अनि कालेबुङका जिल्लापालप्रति आभार प्रकट गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *