नर्सिङ होममा तोड़फोड़को आरोपमा 2 जना पक्राउ, माकपा-द्वारा थाना घेराउ गरेर विरोध प्रदर्शन 

सिलगढी : एकजना 22 वर्षीय युवकको मृत्युपछि नर्सिङ होममा तोडफोड गरेको आरोपमा भक्तिनगर थाना पुलिसले सीपीआईएम-का 2 जना नेतालाई पक्राउ गरेको छ। पक्रा परेका 2 जनालाई रिहाई गरिनुपर्ने माग गर्दै आज दार्जिलिङ जिल्ला सीपीआईएम कमिटीको तर्फबाट भक्तिनगर थाना घेराउ गरेर विरोध प्रदर्शन गरियो। घटनाक्रम अनुसार एकजना 22 वर्षीय युवकको मृत्यु भएको घटनालाई लिएर हिजो एउटा नर्सिङ होममा तोड़फोड़ हुँदा केही घण्टासम्म अस्पताल परिसरमा तनाउको माहौल देखापरेको थियो। यसपछि एसीपी शुभेन्द्र कुमार र कमिश्नर अखिलेश चतुर्वेदी घटनास्थलमा पुगेर परिस्थिति नियन्त्रणमा ल्याउनको साथै कमिश्नर अखिलेश चतुर्वेदीले नर्सिङ होममा तोड़फोड़ गर्नेहरूविरुद्ध कठोर कार्वाही गर्ने निर्देश दिएका थिए। भक्तिनगर पुलिसले पहिला 2 जना व्यक्तिलाई हिरासतमा लिएको थियो भने पछि नर्सिङ होममा तोड़फोड़ गरेको आरोपमा सुरेन्द्र शर्मा र बुलेट सिंहलाई पक्राउ गरेको छ। पक्रा परेकाहरूलाई आज जलपाईगढी अदालतमा पेश गरियो। पक्रा परेका दुवैजना सीपीआईएम नेता रहेको बताइएको छ। दार्जिलिङ जिल्ला सीपीआईएम कमिटीको तर्फबाट पक्रा परेका सुरेन्द्र शर्मा र बुलेट सिंहलाई रिहाई गरिनुपर्ने माग गर्दै भक्ति नगर थाना घेराउ गरेर विरोध प्रदर्शन गरियो। पुलिसले पार्टी हेरेर मानिसहरूलाई पक्राउ गरेको प्रदर्शनकारीहरूले आरोप लगाएका छन्। यस विषयमा सीपीआईएम नेता दिलीप सिंहले भने, हिजो एकजना युवकको मृत्यु भएको खबर सुनेर आफू नर्सिङ पुगेका थिए। त्यस समय आक्रोशित मानिसहरूले नर्सिङ होममा तोड़फोड़ गरेको थियो। तर पुलिसले मानिसहरूको भीड़मा केवल सीपीआईएम-का दुईजना मानिसले मात्र तोड़फोड़ गरेको देख्यो। यदि दुईजनाले मिलेर नर्सिङ होममा तोड़फोड़ गर्दा के पुलिस मुक दर्शक बनेर हेरिरह्यो? तिनले अझ भने, भक्ति नगर इलाकामा अपराधिक घटना बढिरहेको छ तर पुलिस यसलाई रोक्न व्यर्थ रहेको छ।  अर्कोतिर, सीपीआईएम नेता समन पठानले पनि राजनीतिक दृष्टिकोणले सीपीआईएम-का दुईजना नेतालाई पक्राउ गरेकोमा निन्दा गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


jojobet güncel girişjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobetGrandpashabeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetDeneme Bonusu Veren SitelerbahiscasinolunabetjojobetpusulabetvdcasinograndpashabetsekabetmatbetimajbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetromabettophillbetjojobetjojobetkingroyalDeneme Bonusu Veren Siteler 2026grandpashabetpusulabetcasibomdeneme bonusu veren sitelerjojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetamgbahiswbahisbahiscomwbahisnesinecasinobetsalvadorpalacebetromabetromabetcratosroyalbetgrandpashabetbetbey girişholiganbetjojobetbetgaranticashwingrandpashabetsekabet girişmatbetsekabetimajbetpusulabetsekabet girişsuperbetinjojobetromabet girişjojobetbetsalvadorjojobetpalacebet girişcasinomilyonholiganbettlcasinobahiscasinograndpashabet1wingrandpashabet girişpusulabet girişdeneme bonusu veren siteler Built with ❤︎ by appycodes