ओकाइटी चिया बगानमा हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक सङ्घको शाखा कमिटी गठन

मिरिक (निसं): हाम्रो पार्टीको श्रमिक सङ्गठन हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक सङ्घको सभा मिरिकको ओकाइटी चिया बगानमा सम्पन्न भयो। संगीत मंगरको अध्यक्षतामा सम्पन्न भएको सभामा विशेष रूपमा लाडुप घिसिङ लगायत सजीवन राई, अदिप राई, पुष्प गुरूङ, राजु बम्जन आदि उपस्थित रहेका थिए। सभामा पहाडको वर्तमान अवस्था साथै चिया श्रमिकहरूको समस्याहरूमाथि विविध चर्चा-परिचर्चा गरेपछि ओकाइटी चिया बगानमा हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको शाका कमिटी गठन गर्ने निर्णय लिइयो। उक्त कमिटीमा सर्वसहमति अनुसार अध्यक्ष राजु बम्जन, उपाध्यक्ष मोहनी राई, सचिव प्रीति लोरूङ, सहसचिव प्रभात राई, भूमिका खडका, कोषाध्यक्ष दीक्षा राई र किशान गुरूङलाई चयन गरिएको छ। त्यसैगरी, प्रमुख सल्लाहकारहरू फिरोज गुरूङ, रूपेन राई, यशोधा खडका, विनिता खडकालाई चयन गरिएको छ। यस वाहेक, कार्यकारिणी सदस्यहरूमा आवेश गुरूङ, प्रणय राई, पूर्ण देव राई, विगेन राई, अभिनन्दन गजमेर, सुष्मा राई राजीव प्रधान, चेतन शर्मा, सुजित राई, सुजता तामाङ, बुद्विमान बागदास, कुन्दन तामाङ, राजु राई, प्रणय राई, सचिता तामाङ, वृन्द्वा राई सामेल रहेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *