ओकाइटीमा गोजमुमो तराई डुवर्स प्लान्टेशन लेबर युनियन शाखा गठन

मिरिक: मिरिकको ओकाइटी चिया बगानमा गोजमुमो बिमल खेमाको ट्रेड युनियन दार्जीलिङ तराई डुवर्स प्लान्टेशन लेबर युनियनको शाखा गठन गरियो। युनियनको केन्द्रीय नेता सूरज सुब्ब , गोजमुमो केन्द्रीय उपाध्यक्ष आरपी वाइबा , रूपेश राई लगायत अन्यको उपस्थितिमा सम्पन्न एउटा सभाले युनियनको ओकाइटी शाखा गठन गरेको 23 नम्बर समष्टी संयोजक राजीव राईले बताए। उक्त शाखा समितिमा अध्यक्ष अर्पण राई, उपाध्यक्ष बिरेन योञ्जन र राजेश थापा, सचिव आनन्द राई, सहसचिव कुशल राई र छेडुप तामाङ, कोषाध्यक्ष मनोज राई र सहकोषाध्यक्ष विज्ञान राईलाई चयन गरिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *