ओकाइटी बगानका श्रमिकहरूको समस्याबारे प्रबन्धकसित हाम्रो पार्टी टोलीको भेटवार्ता

मिरिक: चिया बगानका श्रमिकहरुको समस्या लिएर हाम्रो पार्टी मिरिकका प्रतिनिधिहरू अघि आएका छन्। हाम्रो पार्टी-का मिरिक महकुमा अध्यक्ष प्रशान्त लामा, लाडुप घिसिङ, बिक्रान्त राई, आशिष तामाङ, सुरेन छेत्री साथै ओकाइटी चियाबगानको स्थानीय प्रतिनिधिहरुको साथमा आज ओकाइटी चियाबगानको वरिष्ठ प्रबन्धक पंकज छोबेसित भेटवार्ता गरेर ओकाइटी चिया बगानका श्रमिकहरूको विभिन्न समस्या तथा मागहरुलाई लिएर कुराकानी गरेको बताइएको छ। भेटवार्ता अवधि चिया बगानका श्रमिकहरुको वर्तमान दैनिक हाजिरी 235 रुपियाँ पुगेको तर चिया बगानका श्रमिकहरुको दैनिक हाजिरी लेबर एक्ट अनुसार 355 रुपियाँ हुनुपर्ने साथै बगान श्रमिकहरूको पुजा बोनस यसपालीदेखि 20 प्रतिशत भन्दा कम नहुनु पर्ने अनि बोनसको रकम दुई किस्तीमा नभएर एकै किस्तीमा दिनुपर्ने बगान प्रबन्धकसित माग गरिएको हाम्रो पार्टी-का लाडुप घिसिङले बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *