ओमाइक्रोन भाइरस-को आतङ्क, बङ्ग्लादेशको सिमाना क्षेत्र फुलबारी चेकपोस्टमा कोरोना जाँच शिविर

राजगञ्ज: ओमाइक्रोन भाइरस-ले गर्दा फेरि विश्वभरिकै मानिसहरूलाई आतङ्कित पारिरहेकोले समय यता, भारत – बङ्ग्लादेश सिमाना क्षेत्र फुलबारी सीमा चेकपोस्टमा पनि यसलाई लिएर सावधानी अप्नाउँदै कोरोना जाँच शिविर सम्पन्न गरियो। विशेष गरेर बङ्ग्लादेशबाट फुलबारी सीमा चेकपोस्ट भएर आवत जावत गर्ने मानिसहरूको लागि उक्त जाँच शिविरको आयोजना गरिएको बताइएको छ। उक्त कोरोना जाँच शिविरको आज राजगञ्जका बीडीओ पंकज कोनार, ओसी नजरूल इस्लाम आदिले पनि निरीक्षण गरे। ओमाइक्रोन भाइरस-को बढ्दो प्रकोपलाई ध्यानमा राखेर यस इमिग्रेशन चेक पोस्ट भएर दिनहुँ धेरै संख्यामा विदेशीहरू आउने भएकोले गर्दा नै तिनीहरूको कोरोना जाँच तथा रालको परीक्षण (आरटीपीसीआर टेस्ट) गरिएको बीडीओ पंकज कोनारले बताए।   


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *