ओमिक्रनको खतरालाई ध्यानमा राखेर नगरनिगमद्वारा सिलगढीवासीलाई कोरोनाको दोस्रो खोप लगाउने अपील

सिलगढी : देशभरिमै कोरोनाको नयाँ भेरिएन्टको आतङ्कबीच अब पश्चिम बंगालमा पनि ओमिक्रन मामिलाको आगमन भइसकेको छ। मानिसहरूमा एकपल्ट फेरि ओमिक्रनको आतङ्क फैलिएको छ। अर्कोतिर, प्रशासनले पनि यस नयाँ भेरिएन्टसित लड्नको लागि कम्मर कसेको छ। यसको साथै सिलगढी नगरनिगमले पनि सहरवासीहरूलाई कोरोनाको दुवै डोज लगाउनको लागि जोर दिइरहेको छ। सिलगढीको मोठ जनसङ्ख्या 5 लाख 39 हजार 673 रहेको छ, जसमध्ये नगरनिगमले सहरको 4 लाख 77 हजार 666 जना मानिसहरूलाई कोरोना भ्याक्सिनको पहिलो खोप लगाइसकेको छ भने 3 लाख 24 हजार 80 जनालाई कोरोना भ्याक्सिनको दोस्रो खोप लगाइसकेको छ। यस सम्बन्धमा नगरनिगमका कमिश्नर सोनम वाङ्गदी भुटियाले भने, हाल सहरवासीलाई कोरोना भ्याक्सिनको दोस्रो खोप लगाउने विषयमा आफूहरूद्वारा जोर दिइरहेको छ। हालसम्म कोरोना भ्याक्सिनको दोस्रो खोप नलगाउने मानिसहरूलाई सिलगढी नगरनिगमको 10 वटा प्रथामिक स्वास्थ्य केन्द्रहरूमा गएर कोरोनाको खोप लिइने तिनले अपील गरेका छन्। हाल कोरोना भ्याक्सिनको कुनै कमी नरहेको बताउँदै तिनले कोरोना संक्रमण हुने खतरा हालसम्म कम्ती नभएकोले सहरवासीलाई सचेत रहने तिनले अपील गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *