ओमप्रकाश मिश्राद्वारा सिलगढीको 5 नम्बर वार्डमा चुनाउ प्रचार

सिलगढी : सिलगढी विधानसभा आसनका तृणमूल प्रार्थी ओमप्रकाश मिश्राले जिल्ला सभापति रञ्जन सरकारलाई साथमा लिएर आज सिलगढीमा चुनाउ प्रचार गरे। आज बिहान सिलगढी नगरनिगमको 5 नम्बर वार्डमा तृणमूल कङ्ग्रेसको निर्वाचन कार्यालयको उद्घाटन गरियो। यसपछि तृणमूल प्रार्थी ओमप्रकाश मिश्रा, रञ्जन सरकार लगायत पार्टीका कार्यकर्ताहरूले एउटा र्‍यालीको माध्यमद्वारा चुनाउ प्रचार गरे। यस अवधि नगरनिगमको 5 नम्बर वार्डको विभिन्न इलाकाको दोकान तथा घर-घरमा पुगेर चुनाउ प्रचार गर्नको साथै त्यहाँका मानिसहरूसित कुराकानी पनि गरे। तिनले आज 5 नम्बर वार्ड बाहेक अन्य केही वार्डहरूमा चुनाउ प्रचार गर्ने बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *