ओमप्रकाश मिश्राले सिलगढीको महाबीरस्थानमा गरे चुनाउ प्रचार

सिलगढी : सिलगढी विधानसभा आसनका तृणमूल प्रार्थी ओम प्रकाश मिश्राले आज बाङ्ग्लाय दरकार, ममता सरकार अर्थात् बङ्गालमा दरकार ममता सरकार-को ​​नारा लगाउँदै चुनाउ प्रचार गरे। तिनी आज बिहान पार्टीका कार्यकर्ता तथा समर्थकहरूलाई साथमा लिएर सिलगढीको महाबीरस्थान बजारमा गएर चुनाउ प्रचार गर्दै त्यहाँका व्यवसायीहरूसित कुराकानी पनि गरे। यसको साथै तिनले आफ्नो समर्थनमा मतदान गर्ने सबैसित अपील गर्दै पर्चाहरू वितरण गरे। यस अवसरमा तिनले सिलगढी नगरनिगमको सबै वार्डहरूमा थुप्रैपल्ट चुनाउ प्रचार गरेको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *