अनलाइन व्यवसायको नाममा रुपियाँ ठगेको साथै महिला कर्मचारीलाई कुटपीट गरेको आरोपमा 3 जना पक्राउ

सिलगढी : अनलाइन व्यवसायको नाममा रुपियाँ ठग्ने गरेको साथै महिला कर्मचारीहरूलाई कुटपीट गरेको आरोपमा बाघडुग्रा थाना पुलिसले 3 जना व्यक्तिलाई पक्राउ गरेको छ। प्राप्त जानकारीअनुसार केहीजना मानिसहरू मिलेर बाघडुग्राको लोकनाथ इलाकामा युथ पावर भिजन प्राइभेट लिमिटेड नाम गरेको अनलाइन व्यवसाय कम्पनी शुरू गरेका थिए। उक्त संस्थाले दार्जिलिङ पहाड, समतल तथा अन्य राज्यका युवा-युवतीहरूलाई विभिन्न प्रलोभन देखाएर लाखौँ-लाखौँ रुपियाँ ठगेको आरोप रहेको छ। उक्त कम्पनीले युवा-युवतीहरूलाई साड़ी, गर-गहना लगायत नित्य प्रयोजनीय सर-समानहरू अनलाइनको माध्यमद्वारा बिक्री गरेर रोजगारको व्यवस्था हुनसक्ने प्रलोभन देखाए। यसपछि प्रशिक्षणको लागि तिनीहरूबाट अतिरक्त रुपियाँ लिएको बताइएको छ। दार्जिलिङ पहाड एवम् उत्तर बङ्गालका युवा-युवतीहरूले बाघडुग्रा थानामा उक्त कम्पनीको नाममा हिजो एउटा अभियोग दर्ता गरे। अभियोगको आधारमा पुलिसले तीनजना आरोपीलाई पक्राउ गरेको छ। अभियोगकर्ता गुलाबी सरकारले नोकरीको प्रलोभन देखाएर उक्त कम्पनीका मानिसहरूले आफू लगायत अन्य केही युवा-युवतीहरूलाई रुपियाँ ठगेको साथै गत 20 अगस्तमा एकजना आरोपीले आफूलाई कुटपीट गरेको बताइन्। बाघडुग्रा थाना पुलिसले घटनाको जाँच शुरू गरेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetperabetbetvolemobilbahisjojobetjojobetjojobetkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetjojobetjojobetgrandpashabet1winmariobetgrandpashabet girişurfa konteynerşanlıurfa konteynerVDCasinocasibomsekabet girişpusulabet güncel girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişcratosroyalbetholiganbetholiganbet1winbetgitgameofbetcratosroyalbetinterbahisholiganbetjojobetjojobetDeneme Bonusu Veren Sitelercasibombahiscasinocasinomilyoncasibomgrandpashabetjojobetholiganbetmatbetbetciosekabetjojobetmarsbahismatbetimajbetimajbetteosbetonwin girişsahabet girişDeneme Bonusu Veren SitelergrandpashabetŞans Casinojojobet grandpashabetazhar-itay.com grandpashabetbets10betwooncasibomjojobetjojobetperabetjojobetteosbet Built with ❤︎ by appycodes