अनलाइन जुवाको अड्डा चलाएको आरोपमा एकजना पक्राउ

सिलगढी : प्रधान नगर थाना तथा डिटेक्टिभ डिपार्टमेन्ट (डीडी)-को टीमले संयुक्त रूपमा गत अबेर राति चम्पासारी बजारमा अभियान चलाएर अनलाइन जुवाको अड्डाको रहस्योत्घाटन गरेको छ। यसको साथै जुवाको धन्दा गरेको आरोपमा एकजना युवकलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेका युवक सिलगढीको 2 नम्बर वार्डको बाघाजतिन कोलनी इलाका निवासी प्रसनजीत अधिकारीको रूपमा सामेल छन्। पुलिसले दोकानबाट 2 वटा कम्प्युटर, एउटा सीपीयु, एउटा लटरी टिकट मसिन, एउटा वाईफाई डोङ्गल, प्रिन्टर, वायरलेस राउटर  सहित नगद 2,440 रुपियाँ उद्धार गरेको छ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *