अनलाइन लटरी बिक्री गरेको आरोपमा दुईजना पक्राउ

सिलगढी : एनजेपी थाना पुलिसले अवैध रूपमा अनलाइन लटरीको धन्दा चलाएको आरोपमा दुईजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेकाहरू क्रमैले सन्टु पोद्दार (29) र शुभजीत मैत्र (29) सामेल छन्। पुलिस सूत्रले दिएको जानकारीअनुसार सन्टु र शुभजीतले धेरै समय अघिदेखि एनजेपी बजारमा अवैध रूपमा अनलाइन लटरीको धन्दा चलाउँदै आइरहेका थिए। अभियोगको आधारमा एनजेपी थाना पुलिसले ती दुवैलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *