अनलाइन लटरीको व्यवसाय गर्ने 3 जना पक्राउ

सिलगढी : सिलगढी सहरमा अनलाइन लटरीको व्यवसाय निक्कै बढ्दै गइरहेको छ। प्रशासनको आँखा छलेर अवैध रूपमा अनलाइन लटरीको व्यवसाय चलाइरहेको छ। सिलगढीको 29 नम्बर वार्डको फुलेश्वरी इन्डोर स्टेडियम संलग्न इलाकामा लटरीको दोकानको नाममा अनलाइन लटरीको व्यवसाय चलाइरहेको थियो। समाचारको माध्यमद्वारा घटनाको खबर प्रसारण भएपछि सिलगढी थाना पुलिस उक्त लटरी दोकानमा पुगेर 3 जना व्यक्तिलाई पक्राउ गरेको छ।


पक्रा परेकाहरू क्रमैले सन्तोष कुमार गुप्ता, सिद्धार्थ चक्रवर्ती र भोला मण्डल सामेल छन्। उक्त लटरी दोकानबाट 2 वटा ल्यापटप, एउटा प्रिन्टर र केही नगद रुपियाँ उद्धार भएको छ। पक्रा परेका 3 जना आरोपीलाई आज अदालतमा पेश गरियो। अर्कोतिर, उक्त वार्डका विजयी सीपीआईएम प्रार्थी शरदिन्दु चक्रवर्तीले  राज्यभरिमै अवैध लटरीको व्यवसाय चलिरहेको छ। लटरी दोकानको नाममा अवैध व्यवसाय चलाइरहेकोले यसलाई स्वीकार नगरिने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *