अनलाइन मार्फत् कफी कप मगाउँदा रुपियाँ ठगेको आरोप

सिलगढी : सिलगढी नगरनिगमको 40 नम्बर वार्ड निवासी रथीन साहाले लगभग 25 दिन अघि अनलाइनमार्फत् एउटा वेबसाइटमा कफी कप हेरेका थिए। यसपछि उक्त वेबसाइटबाट तिनलाई फोन गरेर उक्त कपको मूल्य र कोरियरको मूल्यबारे जानकारी गराएको थियो। तिनले यसपछि मोठ 3 हजार 9 सय 50 रुपियाँको मूल्यमा 100 वटा कपको अर्डर दिएका थिए। उक्त वेबसाइटले यसको लागि कम्पनीको ब्याङ्क एकाउन्ट नम्बर दिएर त्यसमा रुपियाँ मागि पठाएपछि तिनले सो एकाउन्टमा रुपियाँ हालिदिए। तथापि, लगभग एक महिना बितिसक्दा पनि हालसम्म आफूले अर्डर गरेको कफी कप नआएको तिनको आरोप रहेको छ। रथीनले यसबारे जान्न चाहेर उक्त फोन नम्बरमा सम्पर्क गर्ने प्रयास गरे तापनि सो नम्बर बन्द अवस्थामा रहेको बताइएको छ। यसपछि तिनले सिलगढी थानाको साइबर क्राइम विभागमा यसबारे एउटा अभियोग दर्ता गरेका छन्। तिनले बताएअनुसार अझसम्म पनि यसबारे क्राइम विभागले कुनै प्रकारको पहल नगरेकोले गर्दा यसको चाँडै खोजबीन गरियोस् भन्ने माग गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *