अनलाइन मार्फत् परीक्षा गरिनुपर्ने मागमा विद्यार्थीहरूद्वारा उत्तरबंग विश्वविद्यालयको प्रशासनिक भवनअघि विक्षोभ

सिलगढी : अनलाइन मार्फत् परीक्षा गर्न दिइनुपर्ने माग गर्दै आज उत्तरबंग विश्वविद्यालयको अधीनस्थ रहेको धेरैवटा कलेजका विद्यार्थीहरूले विक्षोभ प्रदर्शन गरे। परीक्षा अफलाइन मार्फत् नभएर अनलाइन मार्फत् गरिनुपर्ने माग गर्दै विद्यार्थीहरूले आज उत्तरबंग विश्वविद्यालयको प्रशासनिक भवन अघि विक्षोभ प्रदर्शन गरे। विक्षोभकारी विद्यार्थीहरूको माग अनुसार अनलाइनको माध्यमद्वारा क्लास गरिरहेको छ भने परीक्षा किन अनलाइन मार्फत् हुँदैन। तीन महिनाअघि आफूहरूलाई अफलाइनको माध्यमद्वारा परीक्षा हुनेबारे जानकारी गराए तापनि सिलेबस केवल 10 प्रतिशत मात्र घटाइएको छ। आफूहरूको माग पुरा नभएसम्म लगातार आन्दोलन जारी रहने विद्यार्थीहरूले चेताउनी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *