अनलाइन परीक्षा गरिनुपर्ने मागमा सिलगढी सरकारी पोलिटेक्निक कलेजका विद्यार्थीहरूद्वारा विक्षोभ

सिलगढी : सिलगढी सरकारी पोलिटेक्निक कलेजमा अनलाइन परीक्षा गरिनुपर्ने माग गर्दै आज विद्यार्थीहरूले विक्षोभ प्रदर्शन गरे। विद्यार्थीहरूले बताएअनुसार अन्य पोलिटेक्निक कलेजहरूमा 80 प्रतिशत सिलेबस शेष भइसकेको छ भने सिलगढी पोलिटेक्निक सरकारी कलेजमा 40 प्रतिशत पनि सिलेबस समाप्त गरिएको छैन। तर कलेज कर्तृपक्षले दुई दिन अफ लाइन क्लास गराएर परीक्षा गरिने कुरा जनाइएको छ। अनलाइन क्लास गराइएको थियो भने अनलाइन परीक्षा गरिनुपर्ने विद्यार्थीहरूले माग गरेका छन्। यस सम्बन्धमा कलेज कर्तृपक्षसित कुराकानी गरे तापनि अफ लाइन परीक्षा हुने शिक्षा विभागले घोषणा गरिसकेको कलेज कर्तृपक्षले बताएको छ। कलेज कर्तृपक्षले यस विषयमा केही गर्न नसक्ने भएकोले गर्दा नै आज विद्यार्थीहरूद्वारा विक्षोभ प्रदर्शन गरिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *