अनलाइन रमाइलो जोक्स प्रतियोगिताको विजेता अनिल राई ‘आम्बो’-लाई सम्मान

खरसाङ : भर्खरै रिदम स्क्रिन क्रिएसन, अमेरिकाद्वारा आयोजित अनलाइन रमाइलो जोक्स प्रतियोगिता सिजन-एकको विजेता गाड़ीधुरा निवासी अनिल राई ‘आम्बो’-लाई तिनको यस उपलब्धिको निम्ति खरसाङको गाड़ीधुरा सहयोग संगठनले सम्मान जनाए। संगठनका अध्यक्ष कृष्ण छेत्रीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा संगठनका सचिव संगम खवास लगायत अन्य सदस्यहरुको उपस्थिति रहेको थियो। संगठनको कार्यालयमा आयोजित उक्त सम्मान कार्यक्रममा अनिल राईले प्राप्त गरेको जीतको निम्ति बधाई टक्राउँदै सहयोग संगठनको पक्षबाट तिनलाई सभापति, सचिव साथै अन्य सदस्यहरूद्वारा खदा लगाएर अनि स्मृति चिन्ह प्रदान गरेर सम्मान जनाइयो। संगठनको पक्षबाट सम्बोधन गर्ने क्रममा सभापति कृष्ण छेत्रीले राईले जुन उपलब्धी पाएका छन् त्यसले केवल यस संगठनको सदस्यहरुको मात्र नभएर सम्पूर्ण गाड़ीधुरावासी कै मन जित्न सफल बनेको बताए। अर्कोतिर, अनिल राईले गाड़ीधुरा सहयोग संगठनले आफुलाई यसरी सम्मान जनाएकोमा संगठनका सम्पूर्ण सदस्यहरुलाई धन्यबाद दिँदै कोही पनि कलाकारलाई तिनीहरुले कलालाई दिएको योगदानको निम्ति यसरी सराहना गरिदिए पुग्ने र एउटा कलाकारले चाहने पनि त्यही नै हो भन्दै यस


Leave a Reply

Your email address will not be published. Required fields are marked *