ओपन भलिबल प्रतियोगिता दार्जिलिङको गोदुनिस मैदानमा आजदेखि शुरू

दार्जिलिङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाद्वारा प्रायोजित ओपन भलिबल प्रतियोगिता 2021 आजदेखि दार्जिलिङस्थित गोदुनिस मैदानमा शुरू भयो।महाकल युनाइटेड क्लब, दार्जिलिङले आयोजनामा आरम्भ भएको ओपन भलिबल प्रतियोगितामा पटना, राँची, नेपाल, कर्नाटक, कोलकता, दिल्लीका टीमहरूले अंश ग्रहण गरेका छन्। ती टोलीहरूमा राष्ट्रिय स्तरका खेलाडीहरू रहेको बताइएको छ। आज पहिलो दिनको भलिबल खेल हेर्न भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापा पनि खेल मैदानमा आइपुगेका थिए। पार्टी खेलको किन प्रायोजक बन्यो भन्ने प्रश्न गर्दा अनित थापाले भने, पहाडमा खेलकुदको खस्कँदो हालत देखेर हामीले खेललाई पुनः युवाहरुमाझ लोकप्रिय बनाउन पर्छ भन्ने सोंच राख्यौं।


यही सोंचलाई साकार बनाउन, महाकाल युनाइटेड क्लबले दिएको प्रस्तावलाई हामीले स्वीकार गर्यौं। पहाडले एक समय खेलकुद क्षेत्रमा धेरै नाम कमाएको थियो। कालान्तरमा पहाडको त्यो गरिमा हराउँदै गयो। त्यो खेलकुदको गरिमा फर्काउने प्रयास नै हो यो भलिबल प्रतियोगिता हो। तिनले अझ भने, हामीले राष्ट्रिय स्तरका खेलाडीहरू खेलेको केवल टिभीमा मात्र देखेका छौ। म चाहन्छु यहाँका युवाहरू अनि खेलमा चासो राख्नेहरूले राष्ट्रिय खेलाडीहरु खेलेको यही दार्जिलिङको मैदानमा देख्न सकोस्। सिक्न सकोस्। प्रेरणा पाउन सकोस्। आयोजक कमिटीले दिएको जानकारी अनुसार उक्त भलिबल प्रतियोगिताको फाइनल खेल 31 अक्टोबरको दिन हुनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *