पानीमा डुबेर विद्यार्थीको मृत्यु, परिवार पक्षको स्कूल विरूद्ध लापर्वाहीको आरोप

सिलगढी: स्कुल छुट्टी भएपछि नुहाउन गएको समयमा एकजना विद्यार्थीको मृत्यु भएको छ। उक्त घटना पछि मृतकका परिवारले स्कुलमाथि लापर्वाही गरेको आरोप लगाउँदै विरोध प्रदर्शन गरे। स्मरण रहोस, सिलगढी नगर निगम अन्तर्गत 34 नम्बर वार्डको डीएस कलोनी निवासी दुर्गेश कामती एनजेपीको साउथ शान्तिनगर जुनियर हाई स्कूलको आठौ श्रेणीका छात्र थिए। स्कूल छुट्टी भएपछि दुर्गेश सिलगढी संलग्न जाबराभिटा हाउसिंग कम्प्लेक्सको जलमग्न इलाकामा पाँचजना साथीहरूसित नुहाउँदा तिनी अचानक पानीमा डुबे। गत मंगलवार मृतकको परिवार स्कूलमा गएका थिए। परिवारका सदस्यहरूले लगाएको आरोप अनुसार स्कुल छुट्टी भएपछि पनि तिनको ब्याग स्कूलभित्रै थियो। स्कूलको लापर्वाहीको कारणले नै उक्त दुर्घटना भएको हो। तथापि, स्कुलका एकजना शिक्षिकाले भने,  गत मंगलवार पानी परेकोले गर्दा विद्यार्थीहरूले अफ्नो ब्याग स्कुलमा ने छोडेका थिए। लापर्वाहीको आरोप निराधार हो। घटनाको खबर पाउन साथ एनजेपी पुलिस घटनास्थलमा पुगेको थियो।


 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *