पानीट्याङ्कीबाट मादक पदार्थहरू अनि नगद लाखौं रुपियाँ सहित एकजना युवक पक्राउ

खोरीबारी (निसं): भारत-नेपाल सीमा अन्तर्गत खोरीबारीको पानीट्याङ्कीबाट एसएसबी-ले मादक पदार्थहरू अनि नगद लाखौं रुपियाँ सहित एकजना युवकलाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपी सुभान आलम (24) हुन् भने तिनी किशनगञ्ज निवासी रहेको थाहा लागेको छ। प्राप्त जानकारी अनुसार एसएसबी-को 41औ बटालियनका जवानहरूले सन्देहको आधारमा खोरीबारीको पानीट्याङ्कीमा एउटा वाहन रोकेर छानबिन गर्दा वाहनमा सवार युवकबाट 116 ग्राम ब्राउन शुगर,14 ग्राम गाँजा, 30 बोतल कफ सिरप अनि 6 लाख 78 हजार भारतीय रुपियाँ अनि 80 हजार नेपाली रुपियाँ उद्धार गरेको छ। यसपछि एसएसबी-का जवानहरूले उक्त युवकलाई पक्राउ गरेर खोरीबारी पुलिसको हातमा सुम्पिदिएको छ। आज आरोपीलाई पुलिसले सिलगढी महकुमा अदालतमा पेश गऱ्यो। पुलिसले सम्पूर्ण घटनाको जाँच गरिरहेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *