पाँच वर्षको नानीसित दुष्कर्म गर्ने प्रयास गरेको आरोपमा युवक पक्राउ

सिलगढी: एउटी पाँच वर्षको नानीसित दुष्कर्म गर्ने प्रयास गरेको आरोपमा मुजम्मिल हुसैन उर्फ राजा नाम गरेको व्यक्तिलाई एनजेपी थाना पुलिसले पक्राउ गरेको छ। उक्त घटना बोकराभिटा इलाकाको बताइएको छ। प्राप्त जानकारी अनुसार, हिजो मंगलवार साँझ इलाकामा नै बस्ने युवक मुजम्मिल हुसैनले खेल्ने बहाना गरेर एकजना पाँच वर्षको नानीलाई आफुसित लिएर गए। यस अवधि तिनले नानीसित दुष्कर्म गर्ने प्रयास गरेको आरोप रहेको छ। एकजना महिलाले मुजम्मिल हुसैनको अभद्र व्यवहार देखेपछि यसबारे उक्त नानीको घर परिवारलाई जानकारी दिए। यसपछि नानीको परिवारका सदस्यहरू लगायत स्थानीय मानिसहरू घटनास्थलमा पुगेपछि आरोपीलाई पक्रिएर यसबारे एनजेपी थाना पुलिसलाई खबर दिए। खबर पाएर एनजेपी थाना पुलिस घटनास्थलमा पुगेर आरोपीलाई पक्राउ गरे। नानीको परिवार पक्षले आरोपीलाई कठोर सजाय दिनु पर्ने माग गरेको छ। अर्कोतिर, पुलिसले आरोपीलाई आज जलपाइगढी अदालतमा पेश गऱ्यो।  


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *