पश्चिमबंग गृह शिक्षक कल्याण समितिद्वारा जिल्ला स्कुल निरीक्षकलाई ज्ञापन

सिलगढी : सिलगढीमा केही सरकारी स्कुलका शिक्षक-शिक्षिकाहरूले निःशुल्क रूपमा विद्यार्थीहरूलाई पढाउने भन्दै गैर कानुनी रूपमा रुपियाँ लिएर ट्युसन सेन्टर चलाइरहेको आरोप लगाउँदै पश्चिमबंग गृह शिक्षक कल्याण समितिद्वारा जिल्ला स्कुल निरीक्षकलाई एउटा ज्ञापन पत्र चढाइयो। प्राप्त जानकारी अनुसार धेरैजसो स्कुलका शिक्षक-शिक्षिकाहरूले कानुन उल्लङ्घन गरेर स्कुलका विद्यार्थीहरूलाई ट्युसन पढाइरहेका छन्। पश्चिमबंग गृह शिक्षक कल्याण समितिको तर्फबाट 2011 देखि हालसम्म 4 पल्ट जिल्ला स्कुल निरीक्षकलाई ज्ञापन पत्र चढाइसके तापनि यसबारे कुनै पहल नगरेको बताइएको छ। पश्चिमबंग गृह शिक्षक कल्याण समितिका राज्य सचिव विवेकानन्द साहाले यस विषयमा स्कुल निरीक्षकले चाँडै उचित व्यवस्था लिनुपर्ने माग गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *