पश्चिम बंगाल बस्ती उन्नयन समितिद्वारा 15 दिसम्बर नगर निगम अभियान चलाइने

सिलगढी: भत्ता सहित अन्य मागहरूको समर्थनमा पश्चिम बंगाल बस्ती उन्नयन समितिले आगामी 15 दिसम्बरको दिन सिलगढी नगर निगम अभियान चलाइने भएको छ। माकपा कार्यालयमा पश्चिम बंगाल बस्ती उन्नयन समितिका सदस्य दिलिप सिंहले आज पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिएका छन्। यस अवसरमा तिनले भने, गरिब मानिसहरूलाई भत्ता सहित विभिन्न सेवाहरूबाट बञ्चित गराइँदैछ। यसैले यी सबै मागहरूलाई लिएर आगामी 15 दिसम्बरको दिन सिलगढी नगर निगम प्रशासकलाई एउटा ज्ञापन चढाइने छ। यदि उक्त अभियानलाई प्रशासनले रोक्ने प्रयास गरे कडा विरोध गरिने तिनले चेतावनी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *