पश्चिम बंगाल सिभिल डिफेन्स भोलेन्टियर्स एसोसिएशनद्वारा आन्दोलन शुरू

सिलगढी : पश्चिम बंगाल सिभिल डिफेन्स भोलेन्टियर्स एसोसिएशनले आज 10 सूत्रीय मागलाई लिएर सिलगढी महकुमाशासक कार्यालय अघि आन्दोलन शुरू गरे। माग पुरा नभएको खण्डमा संगठनका सदस्यहरूले भोट बहिष्कार गर्ने धम्की समेत दिएका छन्। तिनीहरूको माग अनुसार प्रत्येक महिना 30 दिनसम्म काम हुनुपर्ने, दुर्घटनापछि सिभिल डिफेन्सका परिवारका कुनै एकजना सदस्यलाई सरकारी नोकरी दिनुपर्ने, सरकारी सुविधा, सिभिल डिफेन्स सदस्यहरूको आइडेन्टी कार्ड, ड्रेस कोड आदि सामेल छन्। धेरै समय अघिदेथि तिनीहरू यस कार्यमा संलग्न रहेको साथै कोरोना परिस्थितिमा पनि आफूहरूद्वारा अमूल्य योगदान पुर्‍याएको संगठनका सदस्यहरूको भनाइ रहेको छ। मुख्यमन्त्री ममता ब्यानर्जीले आफूहरूलाई कोभिड योद्धाको रूपमा सम्मानित गर्नको साथै निःशुल्क भ्याक्सिन दिने वचन दिएको छ। तर आफूहरूलाई भ्याक्सिन होइन बिहान-बेलुकीको खाना चाहिन्छ। यसको साथै तिनीहरूले 60 वर्षको आयुसम्म काम गर्ने व्यवस्था गरिदिने मुख्यमन्त्री ममता ब्यानर्जीसित माग गरेका छन्। सिभिल डिफेन्स भोलेन्टियर्स एसोसिएशनका जिल्ला सचिव उज्ज्वल दासले बताएअनुसार संगठनको मागलाई लिएर आफूहरूद्वारा उक्त आन्दोलन शुरू गरेको साथै आफूहरूको माग पुरा नभएको खण्डमा संगठनको तर्फबाट आगामी दिनमा बृहद आन्दोलन गर्नेछौँ। यसको साथै संगठनका 126 सदस्य लगायत तिनका परिवारका सदस्यहरूले आगामी 2021-को विधानसभा चुनाउमा भोट बहिष्कार गर्ने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *