पश्चिम बङ्गाल हाई मदरसा बोर्डको माध्यमिक परीक्षा आजदेखि शुरू

राजगञ्ज :  पश्चिम बङ्गाल हाई मदरसा बोर्डको माध्यमिक परीक्षा आजदेखि शुरू भएको छ। अन्य ठाउँहरूमा झैँ राजगञ्जको भान्डारीगछ सुरूबारी हाई मदरसा, सुखानी भोलापाडा हाई मदरसाका विद्यार्थीहरूले माध्यमिक परीक्षा दिइरहेका छन्। हाई मदरसा, अलिम र फाजिल विभागमा परीक्षा सम्पन्न भइरहेको छ। उक्त माध्यमिक परीक्षा आगामी 22 फरवरीसम्म चल्नेछ। परीक्षा सुचारू ढङ्गमा परिचालना गर्ने उद्देश्य लिएर कडा सुरक्षा व्यवस्था अप्नाउनको साथै विद्यार्थीहरूलाई यातायातमा कुनै असुविधा नहोस् भन्ने उद्देश्य लिएर केही ठाउँहरूमा सरकारी बसको व्यवस्था गरिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *