पश्चिम बङ्गाल खम्बु राई विकास एवम् सांस्कृतिक बोर्डका चेयरम्यानद्वारा मिरिक बस्तीको परिभ्रमण

मिरिक : पश्चिम बङ्गाल खम्बु राई विकास एवम् सांस्कृतिक बोर्डका चेयरम्यान दीपराज राईले आज मिरिक बस्तीको स्कुल डाँडा अनि डुपटिनको साँढे गाउँको स्थलगत भ्रमण गर्दै बोर्डद्वारा प्रदान गरिएको यलम्बर खिम (घर)-को निरीक्षण गरे। यसको साथै लाभार्थीहरूसित कुराकानी गर्दै तिनीहरूको अभाव र समस्याहरू सुने। यस अवसरमा चेयरम्यान राईलाई लाभार्थीहरूले स्वागत जनाए। यस अवसरमा किरात खम्बु राई सांस्कृतिक संस्थान मिरिक बस्तीका सदस्यहरू सन्दीप राई, पीपी राई, जसुदा राई, रवीन्द्र राई अनि शर्मिला राई आदिले चेयरम्यानसित भेट गरेर राई जातिको विकास र उत्थानमा बोर्डले गर्दै आइरहेको कार्यमाथि चर्चा परिचर्चा गर्दै आवश्यक सुझाउहरू दिए। तिनले राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीको उदार नीति अनि उदार भावको कारण विपन्न परिवारहरूले लाभ पाइरहेकोमा मुख्यमन्त्रीप्रति कृतज्ञता प्रकट गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *