पश्चिम बंगाल तृणमूल प्राथमिक शिक्षक संगठनको मिरिक समिति गठन

खरसाङ: पश्चिम बंगाल तृणमूल प्राथमिक शिक्षक संगठन (डब्ल्युबीटीपीटीए) दार्जिलिङ जिल्ला समितिको पहलमा अनि विनेश खपाङीको सभापतित्वमा डब्ल्युबीटीपीटीए मिरिक महकुमा समिति गठनार्थ हेतु मिरिक महकुमा क्षेत्रका शिक्षक-शिक्षिकाहरूई लिएर मिरिक फुवागढी सार्वजनिक भवनमा एउटा सभाको आयोजना गरियो। उक्त सभामा विशेष रूपमा दार्जिलिङ जिल्ला समिति तृणमूल प्राथमिक शिक्षक सगंठनका जिल्ला अध्यक्ष अशोक विश्व, जिल्ला कोषाध्यक्ष आरबी गुरुङ अनि खरसाङ सर्कल कन्भेनर राजेश लकान्द्रीको विशेष उपस्थिति रहेको थियो। आजको यस सभामा विगत डब्ल्युबीटीपीटीए दार्जिलिङ अनि कालेबुङ जिल्ला समिति गठन भएपछि अल्प समयमा नै शिक्षक-शिक्षिकाहरूको हितमा गरिएको कार्यहरूको रुपरेखा अनि उपलब्धिहरूको विवरणसँगै भावी दिनहरूमा गर्नुपर्ने कार्य प्रारुपहरूक‍ विस्तृत रूपमा चर्चा परिचर्चा गरियो। यसको साथै संगठनलाई अझ बलियो कसरी गर्नुपर्ने भन्ने विषयमा पनि सभामा चर्चा परिचर्चा गरियो। सभामा विगतका दिनहरूमा हामी अन्य संगठनहरूमा रहिआएर ती तथाकथित शिक्षक संगठनहरूले हामीलाई केवल अन्योलता र ठगी गरेको साथै ती संगठन हाम्रो हितमा कुनै ठोस कार्यहरू नगरेको अनुभवहरू प्रकाशमा ल्याउँदै अब उसो यस संगठनमार्फत् सोझै सरकार पक्षसँग सम्मिलित रहेर शिक्षक शिक्षिकाहरूको हितमा काम गर्ने अनि पहाड़को लथालिङै र भताभुङै भएको शिक्षा व्यवस्थाको सुदृढीकरण गर्नुपर्ने अनि दार्जिलिङ पहाडको शिक्षा व्यवस्थाको पहिलाको गरिमामय फर्काइ ल्याउनु पर्ने सभामा विस्तृत आलोचनसँगै प्रस्ताव ग्रहण गरियो। सभाको डब्ल्युबीटीपीटीए मिरिक महकुमा समिति गठन गरियो जसमा सभापति सुक छिरिङ लेप्चा, उपसभापति- चन्द्रमणि तामाङ अनि हेमन्त छेत्री, मूल सचिव बिनु राई,   सचिव कर्म लेप्चा र अमृत प्रधान, कोषाध्यक्षा मुन्ना घले र कुमारी योञ्जन, प्रमुख सल्लाहकारमा क्रमशः नगेन थापा, हेमन्त राई लगायत 20 जनाको कार्यकारिणी सदस्यहरूको चयन गरिएको छ। अन्त्यमा उक्त नव गठित मिरिक महकुमा समितिलाई दार्जिलिङ जिल्ला समितिमार्फत अनुमोदन गरिएरो डब्ल्युबीटीपीटीए जिल्ला समितिका उपाध्यक्ष केके थापाले जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *