पश्चिमबंग राज्य सरकारी कर्मचारी फेडरेसनको नयाँ कमिटीको घोषणा

सिलगढी पश्चिमबंग राज्य सरकारी कर्मचारी फेडरेसन दार्जिलिङ जिल्ला समतलको नयाँ कमिटीको आज घोषणा गरियो। दार्जिलिङ जिल्ला तृणमूल कङ्ग्रेस सभानेत्री पापिया घोषले आज दार्जिलिङ जिल्ला तृणमूल कङ्ग्रेसको कार्यालयमा एउटा पत्रकार सम्मेलनको आयोजना गरेर कमिटीको घोषणा गरिन्। पश्चिमबंग राज्य सरकारी कर्मचारी फेडरेसन दार्जिलिङ जिल्ला समतलका अध्यक्षको पदमा बन्दना बाग्ची र सचिवको पदमा सुरजित पाललाई चयन गरियो। यस अवसरमा पापिया घोष र अन्य नेताहरूले नयाँ कमिटीको जिम्मेवार सम्हाल्ने सबै सदस्यहरूलाई बधाई दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *