पश्चिमबंग तृणमूल कङ्ग्रेस नमःशूद्र शरणार्थी सेल-द्वारा दार्जिलिङ जिल्ला प्रतिनिधि सम्मेलनको आयोजना

सिलगढी : बङ्गाललाई विभाजन गर्न दिँदैनौँ, बङ्गाल विभाजन विरुद्ध आवाज उठाऊँ भन्ने सन्देशको साथमा पश्चिमबंग तृणमूल कङ्ग्रेस नमःशूद्र उद्वास्तु (शरणार्थी) सेल-ले आवाज उठाएको छ। सिलगढीको कञ्चनजङ्घा स्टेडियमको हलमा आज पश्चिमबंग तृणमूल कङ्ग्रेस नमःशूद्र र शरणार्थी सेलको दार्जिलिङ जिल्ला प्रतिनिधि सम्मेलनको आयोजना गरियो। उक्त सम्मेलनको माध्यमद्वारा नमःशूद्र तथा शरणार्थीहरूको विभिन्न समस्याहरूबारे चर्चा परिचर्चा गर्नको साथै बङ्गाल विभाजनलाई लिएर उठेको माग विरुद्ध तथा एनआरसी विरुद्ध दलका नेतृत्वहरूले आवाज उठाए। यसबाहेक आजको वार्षिक सम्मेलनमा एउटा कमिटी पनि गठन गरियो। उक्त कमिटीले नमःशूद्र शरणार्थी सेलको तृणमूल शाखा संगठनको भएर कार्य गर्नेछ। आजको सम्मेलनमा दार्जिलिङ जिल्ला तृणमूल कङ्ग्रेस नमःशूद्र औ शरणार्थी सेलका राज्य सभापति रणजीत सरकार, दार्जिलिङ जिल्ला तृणमूल कङ्ग्रेसका सभानेत्री पापिया घोष, सिलगढीका मेयर गौतम देव, डेपुटी मेयर रञ्जन सरकार लगायत अन्य नेतृत्वहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *