पाडाय शिक्षालय आजदेखि शुरू, चर्को घाममा कञ्चनजङ्घा स्टेडियमको खुल्ला आकाशमुनि विद्यार्थीहरूलाई पढ्न असुविधा

सिलगढी : राज्यभरिमै आजदेखि पाडाय शिक्षालय शुरू भएको छ। यसै क्रममा सिलगढीको विभिन्न मैदानमा पनि आजदेखि पाडाय शिक्षालय शुरू भयो। तथापि, आज पहिलो दिन विद्यार्थी लगायत अभिभावकहरूलाई केही समस्या भएको बताइएको छ। सिलगढी गर्ल्स हाई स्कुल, सिलगढी बोइज, हाकिमपाडा जीएसएफपी स्कुलका विद्यार्थीहरूको सिलगढीको कञ्चनजङ्घा स्टेडियमको ग्यालेरीमा पाडाय शिक्षालयको व्यवस्था गरिएको छ। तर चर्को घामले गर्दा खुल्ला आकाशमुनि ग्यालेरीमा बसेर पढ्न विद्यार्थीहरूलाई निक्कै समस्या भइरहेको छ। यसरी घाममा बसेर पढ्दा विद्यार्थीहरूलाई निक्कै असुविधा भइरहेकोले तिनका अभिभावकहरूले क्षोभ प्रकट गर्दै यसको बद्ली स्कुलको क्लास रूममा पढाउने व्यवस्था गरिनुपर्ने माग पनि गरे। चर्को घामले गर्दा गर्ल्स स्कुलका विद्यार्थीहरूलाई स्टेडियमभित्रै अन्य ठाउँमा लैजान स्कुलका शिक्षिकाहरू बाध्य बनेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *