पदभार सम्हाल्न साथ नयाँ पुलिस कमिश्नर सी सुधाकरले थानाहरू पुगेर गरे औपचारिक निरीक्षण

सिलगढी (निसं): सिलगढी मेट्रोपलिटनका नयाँ कमिश्नर सी सुधाकरले आफ्नो कार्यभार सम्हालेपछि आज पहिलो दिनदेखि शहरवासीलाई आफ्नो परिसेवा दिन शुरू गरेका छन्। नयाँ कमिश्नरले सिलगढी शहरको भौगोलिक स्थितिको साथै वर्तमान परिस्थितिहरूलाई राम्रोसँग जान्न-बुझ्न सडकहरूमा दुमफिर गर्न शुरू गरेका छन्। शहरको कानून व्यवस्था अनि सुरक्षा व्यवस्था के-कस्तो रहेको छ भन्ने जान्नका लागि सिलगढी मेट्रोपलिटनका नयाँ कमिश्नर आईपीएस सी सुधाकरले पदभार सम्हाल्न साथ आज पहिलो दिनमा नै कमिश्नरेट अन्तर्गत पर्ने सबै पुलिस थानामा बिहानै पुगेर औपचारिक निरीक्षण गरे। कमिश्नर सी सुधाकरले आज बिहानै कमिश्नरेट अन्तर्गत पर्ने बाघडुग्रा थाना, मतिगढा थाना ,प्रधान नगर थाना, एनजेपी थाना, भक्ति नगर थानामा पुगेर थाना प्रभारी लगायत अन्य अधिकारीहरूसित भेट गरे। यसको साथै तिनले सम्बन्धित थाना अन्तर्गत पर्ने क्षेत्रको परिस्थिति विषयमा पनि जानकारी लिए। नयाँ कमिश्नरले पहिलो दिनमा नै सबै थानामा आज बिहानै औपचारिक निरीक्षण गरेकोले पुलिस विभागमा हलचल मच्चिएको छ।
हेर्दा सिधा-सोझो देखिए तापनि नयाँ कमिश्नर सी सुधाकर अनुशासित तथा कडा अधिकारी रहेको जान्नमा आएको छ। यसैले तिनले शहरको ‘ल एन्ड अर्डर’ लाई मजबूत गर्न अघि तिनको पुलिस कति मजबूत छ भन्ने विषयमा जानकारी सङ्ग्रह गरे।
उल्लेखनीय रहोस, सिलगढी मेट्रोपलिटनका पूर्व कमिश्नर अखिलेश चतुर्वेदी स्थानन्तरण भएपछि दबङ्ग कमिश्नर गौरव शर्मालाई पुन: सिलगढीमा ल्याइनु पर्ने माग जनताले माग गरिरहेको समयमा नै स्थानन्तरण भएर आएका नयाँ कमिश्नर आईपीएस सी सुधाकरले पदभार सम्हालेका छन्।
सिलगढीमा ल एन्ड आर्डर, शहरमा शान्ति व्यवस्थालाई मजबूत गर्नका साथै कानूनी क्रियाकलाप, अनुप्रवेश, अपराधिक गतिविधिहरूलाई ठप्प पार्नु तथा मादक पदार्थहरूको किन-बेच गर्ने हब बनेको सिलगढी शहरलाई कसरी नियन्त्रमा ल्याउने आदि जस्ता विषयमा नयाँ कमिश्नर सी सुधाकरले के-कस्ता पहल चाल्नेछ भन्ने बारे सबै शहरवासीको तिनीमाथि गिद्धे नजर रहनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *