पद्मश्री करीमुल हकले शुरू गरे जलपाईगढीमा कोरोनाबारे जागरूकता अभियान

जलपाईगढी : पद्मश्री करीमुल हकले कोरोना महामारीबारे साधारण मानिसहरूलाई जागरूक गराउनको लागि जलपाईगढी जिल्लाको 80 वटा ग्राम पञ्चायत इलाकामा अभियान चलाएका छन्। स्मरण रहोस्, जलपाईगढी जिल्लामा क्वारेन्टाइन सेन्टर बनाउने साथै प्रवासी श्रमिकहरू घर फर्किआएकोबारे विभिन्न इलाकामा गाउँलेहरूले विरोध-प्रदर्शनी गरिरहेको छ। कोरोनाबारे साधारण मानिसहरूमा जागरूकताको कमीको कारण नै धेरैजसो प्रशासनिक कर्मचारीहरूले समस्याको सामना गर्न परिरहेका छन्। यसैले गर्दा जलपाईगढी जिल्ला परिषदले पद्मश्री करीमुल हकलाई यसबारे जनतालाई जागरूक गराउनको लागि अभियान शुरू गर्ने  अनुरोध गरेको छ। उक्त कुरालाई ध्यानमा राखेल करीमुल हकले जनचेतना अभियान शुरू गरेका छन्। तिनले जलपाईगढी जिल्लाको 80 वटा ग्राम पञ्चायतका सबै ग्राम पञ्चायत प्रधानहरू लगायत स्थानीय बीडीओलाई लिएर कोरोना महामारीसँग लड्नको लागि साधारण मानिसहरूलाई जागरूक गर्ने अभियान शुरू गरेका छन्। यसलाई लिएर करीमुल हकले जलपाईगढी जिल्ला परिषदका सह सभाधिपति दुलाल देवनाथसँग एउटा बैठक गरे। तिनले कोरोना संक्रमणबाट बाँच्न तथा बचाउनको लागि सबै मानिसहरूलाई अघि आउने आहवान गरेका छन्। यदि जागरूक नभए भविष्यमा अझ ज्यादा समस्या आइपर्ने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *