पद्मश्री सोनाम छिरिङ लेप्चाको अन्तिम संस्कार

कालेबुङ : पद्मश्री सोनाम छिरिङ लेप्चाको 92 वर्षको आयुमा निधन भएपछि आज तिनको पार्थिव शरीर सम्मानको साथमा लेप्चा संस्कृति अनुसार अन्तिम संस्कार गरियो। यस अवसरमा सिक्किम, दार्जिलिङ पहाड क्षेत्र लगायत स्थानीय कालेबुङका लेप्चा समुदायका मानिसहरू धेरै संख्यामा उपस्थित थिए। विशेष गरेर, लेप्चा जातिको सांस्कृतिक उत्थानमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने पहाडका गौरव दिवङ्गत सोनाम छिरिङ लेप्चा सङ्गीत, नाटक एकाडेमी पुरस्कार, पद्मश्री पुरस्कार, बङ्ग भूषण पुरस्कार, जीटीएको लाइफ टाइम एचिभमेन्ट पुरस्कार जस्ता विभिन्न पुरस्कारहरूले पुरस्कृत भइसकेका थिए। लेप्चा जातिको सांस्कृतिक उत्थान गरेकाले तिनलाई रोङ लपोन अर्थात् लेप्चा मास्टर भनेर पनि चिनिन्थ्यो। तिनको निधनमा राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले समेत गहिरो शोक प्रकट गरेकी छन्। यसैगरी, विभिन्न लेप्चा समुदायका संघ-संगठनहरूले पनि तिनको निधनमा गहिरो शोक प्रकट गर्दै तिनको आत्म शान्तिको कामना गरेका छन्। स्मरण रहोस, पद्मश्री सोनाम छिरिङ लेप्चा केही समयदेखि अस्वस्थ्य रहेपछि हिजो दिउँसो तिनको निधन भएपछि आज तिनकै पैतृकस्थल कालेबुङमा अन्तिम संस्कार गरियो।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *