पादरी गङ्गाप्रसाद प्रधानको 170औं जन्म जयन्ती अनलाइन मार्फत् पालन

खरसाङ: नेपाली भाषा र पत्रकारिता क्षेत्रमा ठूलो योगदान दिने तथा नेपाली भाषामा बाईबल अनुवाद गर्ने पादरी गङ्गाप्रसाद प्रधानको 170 औं जन्म जयन्ती अन्तर्राष्ट्रिय स्तरमा अनलाइन कार्यक्रमबीच सम्पन्न भएको छ। मुहान प्रकाशन दिल्लीको आयोजना तथा सिलगढीका पास्टर निमा लेप्चाको प्रमुख संयोजकत्वमा जुम एप्समार्फत् अनलाइन रुपमा पादरी गङ्गाप्रसाद प्रधानको 170 औं जन्म जयन्ती पालन गरिएको छ। वर्तमान इसाई मण्डलीहरूमा गङ्गाप्रसाद प्रधानको प्रभाव थिम राखेर सम्पन्न अन्तर्राष्ट्रिय स्तरमा सम्पन्न अनलाइन कार्यक्रमलाई फिलिप फुर्बा लेप्चाले सञ्चालन गरेका थिए। वर्तमान परिस्थितिमा अनलाइन रुपमा अन्तर्राष्ट्रिय स्तरमा पादरी गङ्गाप्रसाद प्रधानको जन्म जयन्ती पालन गर्नु पर्ने पर्ने उद्देश्य र औचित्यमाथि मुख्य संयोजक पास्टर निमा लेप्चाले वक्तव्य राखेका थिए भने स्वागत सम्भाषण सिटोङका पास्टर दिशन लेप्चाले राखेका थिए। कार्यक्रमा सिक्किमको रंगुथाङ ईपीसीएस चर्चका क्वायर टिमद्वारा भजन प्रस्तुत गरिएको थियो। यस कार्यक्रममा पादरी गङ्गाप्रसाद प्रधानको धार्मिक देन विषयमा रेभ डा एडोन रोंगोंगले वार्ता प्रस्तुत गरेका थिए। त्यसरी नै पादरी गङ्गाप्रसाद प्रधानको जीवनी तथा साहित्य सेवा आधारमा प्रकाशित विभिन्न पत्र पत्रिकाहरू एंव पुस्तकहरू विषयमा रेभ डा छत्र सुब्बा पावलले वार्ता प्रस्तुत गरेका थिए। यस कार्यक्रममा पादरीद्वारा लिखित गीत सिक्किमको नाम्चीस्थित सालघारीका हाल्लेलु़याह कोयर झुण्डद्वारा प्रस्तुत गरिएको थियो। यस अनलाइन कार्यक्रममा पादरी गङ्गाप्रसाद प्रधानको जन्म जयन्तीको अवसरमा भारतबाट बिशप नारायण शर्मा, अमेरिकाबाट पास्टर भद्र राई, सिंगापुरबाट पास्टर सलोमन अधिकारी, क्यानाडाबाट पास्टर सुरेन्द्र जेरोङ राई, हङकङबाट पास्टर यम बराल र पास्टर माईकल लिम्बु, सिक्किमबाट इम्मानुएल गिफ्ट आदिले शुभकामना सन्देशहरू दिएका थिए। पादरी गङ्गाप्रसाद प्रधानको विषयमा उनको नाति रेभ महेन्द्र कुमार प्रधानले वक्तव्य राखेका थिए। त्यसरी नै वर्तमान इसाई मण्डलीहरूमा पादरी गङ्गाप्रसाद प्रधानके योगदान अनि प्रभाव विषयमा वरिष्ठ साहित्यकार एंव नियात्राकार सलोन कार्थकले वक्तव्य राखेका थिए। यस अनलाइन कार्यक्रममा के के प्रधानद्वारा कविता पठन गरिएको थियो। पादरी गङ्गाप्रसाद प्रधानको जन्म जयन्ती विगत 20 वर्षदेखि नेपालमा पालन गर्दै आएको नेपाल आर्ट एसोसिएशन नेपालका एकजना पास्टरले कार्यक्रममा जानकारी गराए। कार्यक्रममा धन्यवाद ज्ञापन मुहान प्रकाशनका पास्टर स्टेफन राईले राखेका थिए भने अन्तिम प्रार्थना एल्डर दयारत्न प्रधानले गरेका थिए। उक्त कार्यक्रममा अनलाइनमार्फत् विश्वभरिका विभिन्न देशका साहित्यकारहरू र पास्टर अगुवाहरू लगभग 400 जनाले सहभागिता जनाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusperabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetpokerklasJojobetJojobetjojobetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabet girişholiganbet girişgrandpashabet girişmatbet girişvdcasino girişcasibom casibom pusulabet güncel girişpalacebetteosbetteosbetbetgitromabetgameofbetgrandpashabetjojobetholiganbetgrandpashabetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoCratosroyalbetbetparkpusulabetsekabetmatbetvdcasinopalacebetbahiscasino1wingrandpashabetholiganbetjojobetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkazandraperabetperabetperabetjojobetcasibompulibetholiganbetgrandpashabetgrandpashabetpusulabetcasibomgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetgrandpashabet girişgrandpashabet girişcasibombetpuanbetpuanholiganbet girişholiganbetibizabet girişibizabetibizabet girişholiganbet girişibizabetromabet giriş1win1win girişgrandpashabetgrandpashabet girişcasibomDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibomcasibompusulabet giriş Built with ❤︎ by appycodes