पगलाझोड़ामा पैह्रो गएको 3 महिनापछि आजदेखि पुनः वाहनहरूको चलाचल शुरू

खरसाङ: खरसाङ महकुमा अन्तर्गत पगलाझोड़ाको पैह्रोले भत्केको बाटोको मरमतिको कार्य भएपछि सड़क आजदेखि सुचारू भएको छ। गत 29 जुनको दिन एनएच 55 अन्तर्गत पगलाझोड़ामा पैह्रो गएपछि रेलको लिकपट्टि सानो बाटो बनाएर जसोतसो सानी गाड़ीहरू कुदिरहेको थियो भने लगभग तीन महिनापछि आजदेखि गाड़ीहरू चल्न शुरू भएको छ। आज एनएच-का अधिकारीहरू र स्थानीय ठेकेदारहरूको उपस्थितिमा सडक सुचारू भएपछि वाहनहरूको चलाचल शुरू गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *