पहाड बनाउनेलाई कि पहाड जलाउनेलाई भोट दिनु हुन्छ, तपाईँको ईच्छा : अनित थापा

खरसाङ: गोजमुमो विनय खेमाकाको प्रार्थीहरूको समर्थनमा आज खरसाङको नयाँ बस्तीमा चुनावी सभाको आयोजना गरियो। उक्त सभालाई सम्बोधन गर्दै महासचिव अनित थापाले भने, भोट दिने अधिकार तपाईंको हो, त्यो अधिकार अब तपाईं पहाड बनाउनेलाई दिनु हुन्छ कि पहाड जलाउनेलाई दिनु हुन्छ अथवा 15 वर्ष पहाडको भोट लगेर हामीलाई घरिघरि झुक्याउनेलाई दिनु हुन्छ त्यो तपाईंमाथि निर्भर गर्छ। तिनले खरसाङमा हामीलाई हराउनु नै पर्छ भन्ने भाजपाले मन बनाइसकेको बताउँदै यो भन्दा पहिला पनि हामीलाई नराम्रो तरिकाले हराएको नै हो। हारेर पनि हामीले धेरै राम्रो काम गरेकै हो अनि तपाईहरूले जिताउनु भएको नेतालाई देख्नु पनि भएको छैन। तिनले अझ भने, आज उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले खरसाङमा भाजपाको जनसभालाई सम्बोधन गरे। योभन्दा पहिला तिनलाई खरसाङ कहाँ छ भनेर थाहा पनि थिएन होला, चुनाउको समयमा आउनु भए तापनि खरसाङको तर्फबाट तिनलाई स्वागत नै छ भन्दै चुनाउको समयमा मात्र होइन अरु बेला पनि खरसाङमा मान्छे बस्छ भनेर भाजपालाई याद हुनुपर्छचुनाउको समयमा मात्र भाजपालाई खरसाङ याद आउँछ भनी तिनले बताए। जनसभाको कारण आज खरसाङमा डरलाग्दो ट्राफिक समस्या देखापरेको बताउँदै तिनले भने, उक्त ट्राफिकको समस्याले हाम्रा ड्राइभर दाज्यु भाईहरूको एकदिनको रोजगार नै खोसी दियो। ठुला-ठुला चिफ मिनिस्टरभन्दा पनि मानिसलाई रोजगारको जरूरत छ, एक दिनको रोजगार पनि हाम्रो मानिसको निम्ति धेरै महत्वपूर्ण छ। उहाँहरू यहाँ आएर राजनैतिक सभा गर्न पाउँछन् तर उनीहरू आउँदा हाम्रो मानिसहरुले दुःख पाएको हुनु हुँदैन। तर  नेताहरू आउँदा यहाँ रोजगार पाउनु त होइन यहाँको मान्छेको रोजगार खोसिँदैछ भनी बताए। अनित थापाले पहाडमा सबैभन्दा बेसी गाली खाने मान्छे आफू नै रहेको बताउँदै मैले मन बनाएर हिँडेको मान्छे हो, म भन्छु, राम्रो काम गर्नु गाह्रो छ तर गाह्रो काम गर्नु म छोडदिन। तिनले अझ भने, म जुन कुर्सीमा छु त्यहाँ मलाई सरकारले राखेको हो, यो चुनाउले अब निर्णय गर्छ कि म फर्केर त्यो कुर्सी सम्हाल्नु जान्छु कि जादिनँ। यदि जनताले मलाई मान्यो भने म फर्केर त्यो कुर्सीमा जान्छु नत्र भने फेरि नोमिनेटेड भएर त्यो कुर्सीमा जाने छुइनँ। म पनि एकजना स्वाभिमानी व्यक्ति हुँ। यदि जनताले मलाई तिमीले अझ काम गर्नुपर्छ भनेर कुर्सीमा राख्यो भने काम गर्छु, खरसाङलाई अझ अघि बढाएर लानुपर्छ भन्ने हो भने काम गर्नेछु। नत्र भने मेरो राजनैतिक यात्रा यहीँ समाप्त गर्नेछु। गणतन्त्रमा जनताको इच्छा विरुद्ध केही गर्नु सकिँदैन। म जनताको इच्छा विरुद्ध जानु चाहँदिन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetbetvolemobilbahisjojobetCasibomCasibomkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetCasibomCasibomgrandpashabetjojobetcasinowontipobetbets10 girişurfa konteynerşanlıurfa konteynerpusulabet girişcasibomgrandpashabet girişmatbet girişVDCasinoonwincasibom girişcasibom girişbetcio girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabetjojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinoromabetcasibomjojobetgrandpashabetholiganbetpusulabetvdcasinobetciosekabetjojobetmarsbahissekabetmatbetimajbetholiganbetgrandpashabetdeneme bonusu veren sitelerpalacebetŞans Casinocasibomjojobet betcioazhar-itay.com grandpashabetgrandpashabetpusulabet giriş Built with ❤︎ by appycodes