पहाडी युवा संघको आयोजनामा फुटबल प्रतियोगिता सुरू

लोहापुल: पहाडी युवा सङ्घको आयोजनमा आजदेखि रोङचोङ खेल मैदानमा फुटबल प्रतियोगिता सुरू भएको छ। आजको उद्घाटन खेल एवाईएस लाब्दा बनाम युनाइटेड बोइज क्लब लन्कु माझ सम्पन्न भयो, जसमा लन्कुले 3-0 गोलको अन्तरमा एवाईएसलाई पराजित गरेर दोस्रो चरणमा प्रवेश गरेको छ। स्वर्गीय कल्पना छेत्री विजेता अनि रन्जा शेर्पा उपविजेता स्मृति च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाइनल खेल आगामी 2 अक्टोबर गान्धी जयन्तीको दिन सम्पन्न हुने भएको छ। यस फुटबल प्रतियोगितामा मोठ 33 वटा टीमले अंश ग्रहण गरेको आयोजक समितिले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *