पहाडका 6 जना स्रष्टाहरूलाई विविध पुरस्कारले अलङ्कृत

कालेबुङ: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन, सूचना एवम् सांस्कृतिक विभागद्वारा आज कालेबुङको रामकृष्ण रङ्गमञ्चमा आयोजित समारोहबीच लोक साहित्य, लोक संगीतसंगीत, नाटक, चित्रकारिता अनि पत्रकारिता विधामा दार्जीलिङ पहाडका 6 जना स्रष्टाहरुलाई विविध पुरस्कारले अलङ्कृत गरियो। समारोहमा अगावै स्वतन्त्र जुरीद्वारा चयन गरिएअनुसार यसवर्ष लोक साहित्यमा चर्चिल सुब्बा (लाटपञ्चर) लाई भानुभक्त सम्मान पुरस्कार, लोक संगीतमा नरबहादुर गुरूङ (सिटोङ)लाई  मास्टर मित्रसेन थापा स्मृति पुरस्कारसंगीतमा बसन्त छेत्री (दार्जिलिङ) लाई अरूणा लामा स्मृति पुरस्कार, नाटकमा सीके श्रेष्ठ (कालेबुङ) लाई डीबी परियार स्मृति पुरस्कार, चित्रकारितामा विमल रसाइली (खरसाङ)लाई जी डगलस स्मृति पुरस्कार अनि पत्रकारितामा जोयल राई (नयाँ दिल्ली) लाई पादरी गंगाप्रसाद प्रधान स्मृति पुरस्कारद्वारा अलाङ्कृत गरियो।


समारोहमा मुख्य अतिथि जीटीए सभाका अध्यक्ष अञ्जुल चौहान, उपाध्यक्ष राजेश चौहान, सूचना एवम् सांस्कृतिक विभागका कार्यकारी सभासद अनोश थापा, विभागीय एएमओडी  सभासद दावा भोटिया, कार्यकारी निर्देशक साम्देन डुक्पा साथै अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *