पहाडका सबै विपक्षी पार्टीको गठबन्धन संयुक्त गोर्खा गठबन्धन-ले पञ्चायत चुनाउ लड्ने

दार्जिलिङ : पञ्चायत चुनाउको लागि पहाडका सबै विपक्षी पार्टीहरू एकजुट भएका छन्। आज दार्जिलिङ जिमखानामा संयुक्त गोर्खा गठबन्धनको एउटा बैठक सम्पन्न भयो। उक्त बैठकमा युनाइटेड गोर्खा गठबन्धन (युजीए)-ले पञ्चायत चुनाउ लड्ने घोषणा गरेको छ। भाजपा, गोरामुमो, क्रामाकपा, हाम्रो पार्टी, गोर्खाल्याण्ड निर्माण मोर्चा, सुमेटी मोर्चा, गोर्खालीग आदि एकजुट भएर पञ्चायत चुनाउ लड्ने सांसद राजु विष्टले घोषणा गरेका छन्। उक्त गठबन्धनमा भाग लिने पार्टीहरूले एउटै पार्टीको चुनाउ चिन्हमा चुनाउ लड्ने निर्णय लिएको सांसद विष्टले बताए। आजको बैठकमा सांसद राजु विष्ट, गोजमुमो अध्यक्ष बिमल गुरूङ, महासचिव रोशन गिरी, हाम्रो पार्टी अध्यक्ष अजय एडवर्ड्स, क्रामाकपा अध्यक्ष आरबी राई, गोरामुमो नेता ऋषि थापा लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *