पहाडको स्थायी राजनैतिक समाधान गरिनुपर्छ : अभिराज सुब्बा

सिलगढी : पहाडको स्थायी राजनैतिक समाधान तथा गोर्खाहरूको परिचय संकट लगायत विविध विषयलाई लिएर कङ्ग्रेसका जिल्ला महासचिव अभिराज सुब्बाले आज सिलगढी विधान भवनमा पत्रकार सम्मेलनको आयोजना गरे। तिनले पत्रकारहरूलाई सम्बोधन गर्दै भने दीर्घदिनदेखि पहाडमा राजनीतिक अस्थिरता चलिरहेको छ। भारत स्वतन्त्र भएपछि विशेष गरेर दार्जिलिङ पहाडका गोर्खा, आदिवासी लगायत अन्य अल्पसंख्यक मानिसहरूको परिचय संकट देखा परेको छ। यसैले पहाडको राजनैतिक समस्या समाधान लगायत परिचय संकटको समाधान गरिनु अति जरूरी छ। यसलाई लिएर केन्द्र तथा राज्य सरकारले चाँडै पहल गर्नुपर्ने तिनले माग गरेका छन्।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *