पहाडको जनतालाई व्यवहारिक राजनीतिको खाँचो : एलबी राई

मिरिक : हिल तृणमूल कांग्रेस अध्यक्ष एलबी राईले पहाडको जनतालाई व्यवहारिक राजनीतिको खाँचो रहेको अनि जनताले भावनामा बगेर केही प्राप्ति नहुने बुझिसकेकोले हिल तृणमूल कांग्रेसलाई हाल मानिसहरूले समर्थन जनाइरहेको दावी गरे। तिनले पहाड भावनामा बगेर नै पछि परेको बताउँदै पहाडलाई यथार्थ राजनीतिको खाँचो रहेको जनाए। तिनले आज एउटा पत्रकार सम्मेलन अवधि जीटीए एउटा प्रशासनिक व्यवस्था रहेकोले यससित मिलेर काम गर्नु आवश्यक रहेको बताए। जनताको अभाव र समस्या समाधान गर्नलाई हिल तृणमूल कांग्रेस जीटीएसँग मिल्न जरुरी रहेको छ भन्दै राज्य सरकारले जनसेवाको विविध योजनाहरूबाट जनतालाई सोझै लाभ पुर्‍याइरहेको पनि तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *