मिरिक : मिरिकमा भएको जनसभापछि गोजमुमो महासचिव अनित थापा यहाँबाट सोझै मिरिक नोल डाँड़ा पुगे। यस अवसरमा पार्टी समर्थकहरूले अनित थापालाई स्वागत जनाए। यस अवधि पत्रकारहरूसँगको कुराकानीमा थापाले नोलका जनतासँग अपील गर्दै शान्ति,विकास र यथार्थको राजनीतिको निम्ति यसपल्ट नयाँ सोच नयाँ विचारको पक्षमा भोट गरिदिने आहवान गरे। तिनले नोलवासीले पनि अब पहाड़लाई जलाउने, भत्काउने, तोड़नेको पक्षमा होइन तर सही बाटो देखाउने, पहाड़लाई नयाँ गोरेटोतिर लैजानेलाई साथ दिनुपर्छ भन्दै अब नोल डाँड़ाले पनि बुझ्नुपर्छ भनी बताए। तिनले आफूहरूको पहलमा यहाँको बाटोको निर्माण गरिदिएको पनि बताए। तिनले अझ भने, नोल डाँडावासीले नै अब तय गर्नुपर्छ कि अब आफ्नो गाउँलाई बनाउने हो कि भत्काउने हो? हाम्रा नेताहरूले जहिले पनि हाम्रा युवाहरूलाई जलाउने, भत्काउने दिशातिर मात्र लैजान्छन्। युवाहरू बेरोजगारीको शिकार भइसकेका छन्। तिनले स्थानीय बिमलपन्थी नेता पूर्णसिंह राईको बारेमा बताउँदै तिनी आन्दोलनमा मिस गाइड भएको दावी गरे। यस्तै मिस गाइडको शिकार भएर तिनी विस्थापित हुनु परेको अवगत गराउँदै तर उनी पनि एकदिन अवश्यनै सही दिशामा फर्केर आउने आशा व्यक्त गरे। थापासँगै अरुण सिग्ची, सञ्जीब छेत्री लगायत अन्य कार्यकर्ताहरू उपस्थित थिए।
पहाड़लाई सही नयाँ गोरेटोतिर लैजानेलाई साथ दिनुपर्छ : अनित थापा

Share this story
More from Political News
भाजपाले 12 सूत्री मागको समर्थनमा नक्सलबारी ब्लक स्वास्थ्य अधिकारीलाई चढायो ज्ञापन
नक्सलबारी, 25 मार्च (निसं): 12 सूत्री मागहरूको समर्थनमा नक्सलबारी मण्डल भाजपाले नक्सलबारीको ब्लक स्वास्थ्य अधिकारीलाई एउटा ज्ञापन सुम्पेको छ। आज भाजपाले नक्सलबारी घतानी मोडदेखि अस्पतालसम्म रैलीको माध्यम विरोध प्रदर्शन गऱ्यो। भाजपाले आरोप लगाए अनुसार, अस्पताल पर्याप्त चिकित्सा र स्वास्थ्य कर्मी बिना नै चलिरहेको छ, बिरामीलाई राति एम्बुलेन्स सेवा उपलब्ध छैन, पसलहरूमा उचित मूल्यको औषधि पाइँदैन, अस्पतालमा सीसीटीभी क्यामेराको मर्मत समेत…
Political“बस ! अब धेरै भयो ” कोलकाता आरजी कर घटनाबारे राष्ट्रपति मुर्मुको बयान
कोलकाता : कोलकातामा डॉक्टरसित रेप अनि हत्या मामिलामा सम्पूर्ण देशभरिमा नै आक्रोश देखा परेको छ भने महिलाहरूको सुरक्षालाई लिएर बंगाल सरकारको शर्मनाक रवैयालाई पनि सबैले हेरिरहेको छ। राष्ट्रपति द्रौपदी मुर्मूले कोलकाताको घटनाबारे पहिलो पल्ट बुधवार आफ्नो बयान दिएकी छन्। उनले भनिन्, छोरीहरू विरूद्ध यस प्रकारको अपराध स्वीकार्य छैन। म निराश अनि भयभीत छु। कुनै पनि सभ्य समाजले आफ्नो चेली-बेटीसित यस…
Political Newsमेयर गौतम देवले तृणमूल प्रार्थी गोपाल लामाको समर्थनमा नक्सलबारीमा गरे चुनाउ प्रचार
सिलगढी (निसं): दार्जिलिङ लोकसभा आसनबाट तृणमूल काङ्ग्रेसका उम्मेदवार गोपाल लामाको समर्थनमा सिलगढीका मेयर गौतम देवले नक्सलबारीमा चुनाउ प्रचार गरे। बुधवार मेयर गौतम देवले सिलगढी महकुमा परिषदका सभाधिपति अरुण घोषसित नक्सलबारीको दक्षिण कोटियाजोत, उत्तर कोटिया अनि देशबन्धु पाडामा चुनाउ प्रचार अभियान चलाए। यस अवसरमा मेयरले मानिसहरू समक्ष पुगेर तृणमूल उम्मेदवार गोपाल लामालाई भोट गर्ने अनुरोध गरे। मेयर गौतम देवले भने, नक्सलबारीका…
Political Newsभागोप्रमो तीनधारे महानदी समष्टिको चुनावी सभा सम्पन्न
खरसाङ (निसं) : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको चुनावी सभा आज घैयाबारीस्थित पार्टी कार्यालयमा सम्पन्न भयो। उक्त सभा भागोप्रमोको ट्रेड युनियन खरसाङ महकुमा समितिका सभापति सागर गुरुङको अध्यक्षतामा सम्पन्न भयो। चुनावी सभामा भागोप्रमो तीनधारे महानदी समष्टिका सभापति राजीव थापा, तीनधारे महानदी समष्टिका सभासद नवराज छेत्री, ट्रेड युनियन केन्द्रीय सह सचिव राजेस थापा, ट्रेड युनियन तीनधारे महानदी समष्टि जोनल…
